नियम १६
प्रश्नको परिमार्जन
(१) नियम १५ बमोजिम निर्माण गरिएका प्रश्नको परिमार्जन (मोडरेशन) आवश्यकता अनुसार एक वा एक भन्दा बढी दक्ष वा विशेषज्ञद्वारा गराउनु पर्नेछ । यसरी प्रश्नको परिमार्जन गराउ“दा दुई वा सोभन्दा बढी समूहबाट अलग अलग रुपमा गराउन
सकिनेछ ।
(२) उपनियम (१) बमोजिम प्रश्नको परिमार्जन गर्दा सकभर सबै पाठ्यांश (खण्ड, समूह, उपसमूह) बाट समानुपातिक रुपमा प्रश्न समावेश गर्नुु पर्नेछ । प्रश्नको चयन गर्दा पाठ्यक्रममा तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख्न सक्ने किसिमको हुनु पर्नेछ ।
(३) प्रश्न परिमार्जन गर्दा देहायका कुराहरूमा ध्यान दिनु पर्नेछः –
(क) विवादस्पद तथा द्विविधायुक्त प्रश्न नराख्ने,
(ख) पाठ्यक्रमभन्दा बाहिरका प्रश्न नराख्ने,
(ग) सम्बन्धित पद (श्रेणी वा तह) को स्तरस“ग मिल्ने किसिमका प्रश्न राख्ने,
(घ) प्रश्नपत्रको सेट तयार गर्दा एक सेटभित्र रहने प्रश्नहरू नदोहोरिने गरी तयार गर्ने,
(ङ) प्रश्नको परिमार्जन सम्बन्धमा आयोगले तोकेको अन्य कार्यविधिको पालना गर्ने ।
(४) प्रश्न परिमार्जन गर्दा प्रयोग नभएका वा प्रयोग गर्न अनुपयुक्त देखिएका प्रश्नहरू सम्बन्धित शाखाले धुल्याउनेछ ।